उदयपुर १ मा काँग्रेसका खड्काले एमालेकी चौधरीलाई पछि पार्दै लिए अग्रता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

उदयपुर १ मा काँग्रेसका खड्काले एमालेकी चौधरीलाई पछि पार्दै लिए अग्रता


१० मंसिर २०७९, शनिबार


काठमाडौँ । उदयपुर १ मा गठबन्धनका उम्मेदवार डा. नारायण खड्का निरन्तर अगाडि छन्।

शनिबार दिउसो १:०० बजेसम्मको मत परिणाम अनुसार नेपाली काँग्रेसका केन्दीय सदस्य तथा बहालवाला परराष्ट्रमन्त्री समेत रहेका खड्का एमालेभन्दा झण्डै २ हजार मतान्तरले अगाडि छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५८ हजार २ सय ३१ मत गणनाको परिणाममा खड्काले २४ हजार १ सय ३३ मत ल्याएका छन्। एमालेकी मञ्जुकुमारी चौधरीले २२ हजार ३ सय २० मत पाएकी छिन्।

चौधरी भन्दा खड्काको १ हजार ८ सय १३ मत बढी आइरहेको छ। ७६ हजार ३ सय ९ मत खसेको उदयपुर १ मा हालसम्म ५८ हजार २ सय ३१ मत गणना भइसकेको छ। जसमध्ये २ हजार ४ सय २१ मत बदर भएको छ।

समानुपातिकतर्फ पनि संघ‌का‌ दुवै र प्रदेशसभाका ४ वटै सीटको गणना भइरहेको छ। समानुपातिकमा एमाले १९ हजार १ सय ९३ मत पाएर अग्रता रहेको छ।

दोस्रो हुने काँग्रेसले १५ हजार ३ सय ३२ ल्याउदैछ भने ६ हजार ९ सय ३१ मत पाएर माओबादी तेस्रो स्थानमा छ। समानुपातिकतर्फ हन हालसम्म ६० हजार ५ सय ५१ मत गरिसकिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस