यस्तो छ आजको मौसम पूर्वानुमान ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यस्तो छ आजको मौसम पूर्वानुमान !


१० मंसिर २०७९, शनिबार


काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भु-भागका केही स्थानमा हुस्सु लागेको र बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहेको छ।

आज देशका हिमाली भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतः सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा र सुदूरपश्चिम प्रदेशका थोरै भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यत: सफा रहनेछ।

तराई भू-भागमा कुहिरो लाग्ने र तापक्रम क्रमिक रुपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस