तेह्रथुम-१ मा कांग्रेस नेत्री सीता गुरुङ विजयी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

तेह्रथुम-१ मा कांग्रेस नेत्री सीता गुरुङ विजयी


१० मंसिर २०७९, शनिबार


काठमाडौँ । तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा मा नेपाली कांग्रेसका उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।

निर्वाचन आयोगको मतपरिणामअनुसार गुरुङ १९ हजार सात सय दुई मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् । त्यसैगरी सुब्बाले १८ हजार छ सय २३ मत ल्याएका छन् । उनीहरु बीचमा एक हजार ७९ मतान्तर रहेको छ ।

तेह्रथुम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित विभिन्न पार्टीबाट १० उम्मेदवार रहेका थिए । मञ्चका विष्णुकुमार चोङवाङ सात सय २३ मत प्राप्त गरी तेस्रो भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस