मोरङ-२ मा सुजाता कोइरालालाई पछि पार्दै एमालेका ऋषिकेश पोखरेल विजयी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

मोरङ-२ मा सुजाता कोइरालालाई पछि पार्दै एमालेका ऋषिकेश पोखरेल विजयी


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेस नेतृ सुजाता कोइरालालाई पराजित गर्दै मोरङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।

पोखरेल २०७० सालको संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । यो पटक नेपाली काँग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजातलाई उनले पराजित गरे । पोखरेल ३३१४८ मत ल्याएर विजयी हुँदा कोइरालाले ३१ हजार ९४० मत पाएकी छन् ।

गिरिजाप्रसाद कोइराला सोही क्षेत्रबाट लगातार तीन पटक निर्वाचित भएका थिए । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका पोखरेल २०७० को संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा उनले नेपाली काँग्रेसका आमोदप्रसाद उपाध्यायलाई पराजित गरे । २०७४ को प्रतिनिधिसभा सदस्यमा भने काँग्रेस उम्मेदवार डा. मिनेन्द्र रिजालसँग पराजित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस