आगलागीबाट जुम्लामा १७ कोठे घर जलेर नष्ट « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

आगलागीबाट जुम्लामा १७ कोठे घर जलेर नष्ट


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । जुम्लामा आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ।

चन्दननाथ नगरपालिका-३ निवासी लालबहादुर खत्रीको १७ कोठे घर जलेर नष्ट भएको  जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार १७ कोठा भएको ४ तले घर जलेर नष्ट भएको छ।

घरमूली नरेन्द्र खत्रीका अनुसार गएराति २ बजेर ३० मिनेटमा आगलागी भएको हो। प्रहरीलाई बिहान ६ बजेमात्र खबर भएको पाइएको छ।

आगलागीबाट अन्न, लत्ताकपडा, भाँडाकुँडा र महत्त्वपूर्ण सामान जलेर नष्ट भएको चन्दननाथ-४ का वडाध्यक्ष रतन खत्रीले बताए।

प्रहरीले घटनाको मुचुल्का भएको जानकारी दिएको छ। घटनापछि चन्दननाथ नगरपालिकाले बैठक बसेर तत्काल राहत दिने निर्णय गरेअनुसार ६० हजार रुपैयाँ दिइने वडाध्यक्ष खत्रीले बताए।

आगलागीका विषयमा जिल्ला प्रशासन कार्यालयमा बैठक समेत बसेको थियो। प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीका अनुसार जिल्ला प्रशासन कार्यालयमा आकस्मिक बैठक बसेर आवश्यक राहतका लागि छलफल भएको बताए। उनका अनुसार जिल्ला प्रशासनमार्फत दिइने विपद् राहत २५ हजार रुपैयाँ दिइनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस