उप-मुख्यमन्त्रीको आरोप-भाजपाले केजरीवाललाई मार्ने षड्यन्त्र गरिरहेको छ ! « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

उप-मुख्यमन्त्रीको आरोप-भाजपाले केजरीवाललाई मार्ने षड्यन्त्र गरिरहेको छ !


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । दिल्ली नगर निगमको चुनावअगाडि भाजपा र आम आदमी पार्टीबीच आरोप-प्रत्यारोप बढ्दै गएको छ । एक नयाँ बयानमा दिल्लीका उप-मुख्यमन्त्री मनिष सिसोदियाले भाजपाले मुख्यमन्त्री अरविन्द केजरीवाललाई मार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

उनले भाजपा नेता मनोज तिवारीको ट्विटलाई लिएर यस्तो बताएका हुन् । मनोज तिवारीले बिहीबार ट्वीट गर्दै भनेका थिए ,‘म अरविन्द केजरीवाल जीको सुरक्षालाई लिएर चिन्तित छु । किनकि लगातारको भ्रष्टाचार, टिकट बिक्री र जेलमा बलात्कारीसँगको मित्रता तथा मसाजबाट कार्यकर्ता र जनता क्रोधित छन् । उनका एमएलएले पिटाई पनि गए । दिल्लीका मुख्यमन्त्रीसँग पनि यस्तै नसहोस्…जायँ न्यायालय नै देओस् ।’

तिवारीको ट्वीटको जवाफमा ट्वीट गर्दै दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले लेखेका छन् ,‘दिल्ली र गुजरातमा जुन किसिमको चुनावी माहौल छ, त्यसले भारतीय जनता पार्टी (भाजपा)लाई यति आत्तिएको छ कि उ षड्यन्त्रभन्दा माथि उठेर हत्याको योजना बनाउन थाल्यो ।’ सिसोदियाले अगाडि लेखेका छन् ,‘उनीहरूले चुनावअघि अरविन्द केजरीवालजीलाई बदनाम गर्ने प्रयास गरे तर सफल भएनन् । त्यसैले हिजो मनोज तिवारीजीले केजरीवाल जीलाई एक किसिमले धम्की दिएका छन् । जसबाट स्पष्ट हुन्छ कि भाजपाले अरविन्द केजरीवालजीलाई मार्ने षड्यन्त्र गरिरहेको छ ।’

सिसोदियाले भाजपा नेता मनोज तिवारीले प्रयोग गरेका भाषा पूर्ण रूपमा खुला धम्की भएको आरोप लगाए । नभए कसैले आक्रमण गर्न लागेको कुरा तिवारीलाई कसरी थाहा भयो भनेर सिसोदियाले प्रश्न गरेका छन् । उनले यसमा छानबिनको माग गरेका छन् । आम आदमी पार्टीको आरोपमा मनोज तिवारीले जवाफ दिएका छन् । ‘मैले हिजो अरविन्द केजरीवालजीको सुरक्षाको बारेमा चिन्ता व्यक्त गरेको थिएँ । म उनी सुरक्षित हुन भन्ने चाहन्छु । तर आम आदमी पार्टीले हत्याको धम्कीको धेरै पुरानो स्क्रिप्ट खेल्यो ,’ मनोजले स्पष्टीकरण दिँदै भनेका छन् । 

मनोज तिवारीले केही पुराना ट्विटहरू शेयर गरेका छन्, जसमा आम आदमी पार्टीले मुख्यमन्त्री केजरीवाललाई मार्ने षड्यन्त्र गरेको आरोप लगाएको थियो । दिल्लीमा आगामी डिसेम्बर ४ मा नगर निगमको मतदान हुँदैछ । यसअघि यी दुई पार्टीबीच कडा प्रतिस्पर्धा छ । निगमको निर्वाचनको नतिजा मंसिर डिसेम्बर ७ मा सार्वजनिक हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस