जनताको अभिमतको सम्मान गरिनुपर्छ : ओली « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

जनताको अभिमतको सम्मान गरिनुपर्छ : ओली


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको अभिमतको सम्मान गर्नु प्रत्येक जनप्रतिनिधिको जिम्मेवारी रहेको बताएका छन् ।  

प्रतिनिधि सभा सदस्यमा झापा-५ बाट विजयी भएपछि गौरीगञ्जमा आज शुक्रवार आयोजित र्‍यालीलाई सम्बोधन गर्दै उनले नागरिकको जीवनस्तर उकास्नका लागि सबै प्रतिबद्ध भएर लाग्नुपर्ने बताए । उनले देशको समग्र विकासका लागि एमालेकै नेतृत्वमा सरकार आवश्यक रहेको जिकिर पनि गरे । अपेक्षाकृत मत एमालेले प्राप्त गर्न नसकेको उनको भनाइ थियो । 

अध्यक्ष ओलीले चुनावको निष्पक्षतामा प्रश्न गरे । उनले प्रत्यक्षतर्फ एमालेले केही सिट गुमाए पनि समानुपातिकतर्फ पहिलो पार्टी हुने दाबी गरे । 

झापा क्षेत्र नम्बर ५ मा पर्ने कमल गाउँपालिकाको वडा नम्बर ५ को वसन्त चोकदेखि सुरु भएको विजयी र्‍यालीमा सहभागी हुँदै उहाँ सीमावर्ती गौरीगञ्जसम्म पुगेका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस