महोत्तरी-३ मा लोसपा अध्यक्ष महन्थ ठाकुर विजयी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

महोत्तरी-३ मा लोसपा अध्यक्ष महन्थ ठाकुर विजयी


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुर महोत्तरी क्षेत्र नम्बर-३ बाट निर्वाचित भएका छन्।

८० वर्षका ठाकुर १६ हजार ३ सय ७५ मत ल्याएर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्।

ठाकुरले जसपाका उम्मेदवार हरिनारायण यादवलाई हराए। हरिनारायणले १४ हजार ३ सय २५ मत मात्रै ल्याए।

यहाँ स्वतन्त्र उम्मेदवार रामआधार कापरले १२ हजार ७ सय ३३ मत ल्याए भने नेपाल संघीय समाजवादी पार्टीका इलियास अंसारीले ४ हजार नौ सय ४९ मत ल्याए।

जनमत पार्टीका मृगेन्द्र यादवले ४ हजार २ सय ५२ मत ल्याएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस