कालिकोटमा माओवादीका महेन्द्रबहादुर शाही विजयी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कालिकोटमा माओवादीका महेन्द्रबहादुर शाही विजयी


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । कालिकोटबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी भएका छन्। एमालेका नगेन्द्र शाही (नेशनल) भन्दा झन्डै ६ हजार मतान्तरले शाही विजयी भएका हुन्।

खसेको कुल ४६ हजार ६६९ मतमध्ये माओवादी केन्द्रका शाहीले २३ हजार ८७ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका नगेन्द्र शाहीले १६ हजार २३० मत ल्याएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यस्तै राप्रपाका धनबहादुर बुढाले एक हजार ५६३, नेमकिपाका खड्गराज शाहीले एक हजार ८९, नेपाली काँग्रेस बिपीका पङ्खबहादुर विष्टले १४० तथा स्वतन्त्र उम्मेदवारहरू काशीचन्द्र बरालले ८९३ र  धनप्रसाद पाण्डेले ७९ मत ल्याएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार खसेकामध्ये दुई हजार ४१ मत बदर भएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस