जनतासँग गरेका वाचा पूरा गर्छु : प्रेम आले  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जनतासँग गरेका वाचा पूरा गर्छु : प्रेम आले 


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटव्युरो सदस्य तथा डोटीबाट प्रतिनिधिसभा सदस्यमा विजयी प्रेमबहादुर आलेले आफूले जनतासँग भोट माग्दा गरेका वाचा पूरा गर्ने बताएका छन् ।

प्रतिनिधिसभामा निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन आज डोटीमा आयोजित कार्यक्रममा आलेले आफूले खुटिया, बिपिनगर, गड्सेरा, दिपायल, सायल हुँदै बझाङको उरै जोड्ने सडकलाई पहिलो प्राथमिकतामा राखेको र आफ्नो पाँच वर्षे कार्यकालभित्र सो सडक निर्माण गरिसक्ने बताए ।

सो कार्यक्रममा उनले भने, ‘जनताका बीचमा विकास निर्माणका जुनजुन प्रतिबद्धता मैले गरेको छु, ती सबै पूरा हुन्छन् र मैले गर्नेछु । मेरो प्राथमिकताका काम गर्न म अहोरात्र खट्नेछु ।’ उनले द्रुतमार्गको निर्माण आफ्नो प्रमुख मुद्दा रहेको पनि उनले उल्लेख गरे ।

उनले निर्वाचनको समयसम्म आफू जुन दलमा आबद्ध रहेको भए पनि अब आफूलाई कसले मत दियो भनेर नहेर्ने र डोटीको समग्र विकासमा लाग्ने प्रण पनि गरे । उनले भने, ‘अब म कुनै एक दलको मात्रै नेता होइन, सबै डोटेली जनताको नेता भएको छु, त्यसैले डोटीका जनताको हितका लागि लागिपर्नेछु ।’

सङ्घीय संसदमा उनको यो लगातार तेस्रो पटक विजय हो । डोटी निर्वाचन क्षेत्र नं २ बाट विसं २०७० को दोस्रो संविधानसभा सदस्य विजयी उनी २०७४ र यस निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस