भोजपुरमा विकास गरेको थिएँ तर मूल्याङ्कन भएन : शेरधन राई « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भोजपुरमा विकास गरेको थिएँ तर मूल्याङ्कन भएन : शेरधन राई


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । प्रदेश नम्बर १ को पूर्व मुख्यमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता शेरधन राईले निर्वाचनको हारलाई लिएर भोजपुरका जनताले आफ्नो योगदानको मूल्याङ्कन नगरेको बताएका छन्।

शुक्रबार पत्रकार सम्मेलन गर्दै राईले छोटो समयमा भोजपुरको विकासमा योगदान पुर्‍याएको भए पनि त्यसको उचित मूल्याङ्कन नभएको उल्लेख गर्दै अर्को पटक न्याय पाउने आशा रहेको बताए।

‘मलाई भोजपुरले साझा सम्पत्तिको रूपमा ग्रहण गरेर जिल्लाको विकास र समृद्धिमा प्रयोग गर्ने छ भन्ने ठानेको थिएँ तर म गलत साबित भए,’ उनले भने।

राईले निर्वाचनको हारलाई आफूले सहर्ष स्वीकार गरेको भन्दै साथ दिने मतदातालाई धन्यवाद दिए। यस पटकको निर्वाचनमा राई माओवादीका सुदन किरातसँग पराजित भएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस