२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ शक्तिहरूको उदयले स्थायित्वमा चुनौती थपियो : शङ्कर पोखरेल

अ+ अ-

काठमाडौँ । दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले चुनावबाट नयाँ शक्तिको उदयले मुलुकको स्थायित्वमा चुनौती थपेको बताएका छन् ।

शुक्रबार नेकपा एमाले दाङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले असन्तुष्टि र आक्रोशका रूपमा प्रकट भएको यो जनमतले राजनीतिक स्थायित्व थप सङ्कटमा परेको बताएका हुन् ।

‘नयाँ शक्तिहरूको उदय असन्तुष्टि र आक्रोशका रूपमा प्रकट भएको छ। त्यसले मुलुकको राजनीतिलाई स्थायित्वतर्फ लैजाने कुरामा नयाँ प्रकारको चुनौती पैदा भएको छ,’ उनले भने, ‘हामीले विकास र समृद्धिका लागि धेरै राजनीतिक दलहरू होइन बलिया राजनीतिक शक्तिको आवश्यकता पर्छ भनेका थियौँ ।’

यद्यपि, नेपालका प्रमुख दलहरू नेकपा एमाले र नेपाली काँग्रेस हुन् भन्ने कुराको सच्याइलाई परिणामले उजागर गरेको छ ।’ उनले त्यसका लागि नयाँ शिराबाट प्रयास गर्नुपर्ने अवस्था र आवश्यकता देखिएको बताए । उनले नेकपा एमालेले मुलुकलाई स्थायित्वतर्फ लैजान गरेको प्रयास जनादेशका दृष्टिकोणले असफल भएको बताए ।

उनले नयाँ शक्तिहरू उदयलाई सङ्कटका रूपमा चित्रित गर्दै राजनीतिक दलहरूले यसबाट मुलुकलाई बाहिर निकाल्न ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

‘आज मुलुकले जुन प्रकारको सङ्कट बेहोरिरहेको छ एउटा लामो कठिन सङ्घर्षबाट सही बाटोमा अघि बढाउन सक्छौँ,’ उनले भने, ‘त्यस अर्थमा नेपालका राजनीतिक दलहरूलाई स्वभाविक रूपमा यो चुनौतीलाई जिम्मेवारीका रूपमा बोध गर्दै, मुलुकलाई स्थायित्वको दिशातर्फ लैजान पर्ने आवश्यकता ध्यान दिन अनुरोध गर्न चाहन्छु ।’

जनता निराश हुँदा विकल्पहरू आउने भन्दा पनि लोकतन्त्र सङ्कट पर्न सक्ने कुरालाई सबै दलले बुझ्नुपर्ने बताए ।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मासँग पराजित भएका पोखरेलले आफू राजकीय जिम्मेवारीबाट बाहिर रहनु परेको परिस्थितिलाई एमाले महासचिवको हिसाबले मुलुकको राजनीतिलाई सही दिशा प्रदान गर्ने एउटा अवसरका रूपमा लिएको बताए ।

उनले सरकार गठनका लागि एमालेले मात्रै नभएर सत्ता गठबन्धनले पनि ‘म्यान्डेट’ प्राप्त गर्न नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस