रुपन्देही-२ मा पुनः मतदानको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रुपन्देही-२ मा पुनः मतदानको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा मुचुल्कामा भन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित भएको छ।

मतदान केन्द्रबाट तयार पारिएको मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरूले विरोध गरेपछि मतगणना रोकिएको हो।

सत्ता गठबन्धनसहितका दलहरूले रुपन्देही २ मा पुनः मतदानको माग गरेका छन्। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल समाजवादी पार्ट, नेपाली काँग्रेस बिपी, जन समाजवादी पार्टी नेपाल र नेपाल दलित पार्टीले पुनः मतदानको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन्।

‘रुपन्देही जिल्लाको प्रतिनिधि सभा निर्वाचन तथा प्रदेश सभा ‘क’ र ‘ख’ निर्वाचनको मतदान रद्द गरी पुनः मतदान हुने व्यवस्था गरी लोकतन्त्र, निर्वाचन प्रणाली, कानुन, नीति, विधिको पालना गर्न गम्भीर ध्यानाकर्षण गराउँदै मतदानमा अनियमित क्रियाकलापमा संलग्न हुने मतदान कर्मचारीमाथि कानुनी कारबाही हुन जोडदार माग गर्दछौँ,’ निवेदनमा भनिएको छ।

मतपेटिकामा मुचुल्कामा भन्दा ३४ मतपत्र बढी देखिएपछि रास्वपाका प्रतिनिधि तथा गठबन्धनका प्रतिनिधिहरूले मतदान स्थगित गर्न माग गर्दै धर्ना बसेका थिए।

यहाँ एमाले उम्मेदवार विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलबीच कडा प्रतिस्पर्धा छ।

Tags :
प्रतिक्रिया दिनुहोस