पराजित शान्ता चौधरीले मेटमणिलाई बधाईसहित दिइन यस्तो सन्देश  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पराजित शान्ता चौधरीले मेटमणिलाई बधाईसहित दिइन यस्तो सन्देश 


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित एकीकृत समाजवादीका मेटमणि चौधरीलाई बधाई दिँदै उनका प्रतिस्पर्धीसमेत रहेकी नेकपा एमालेकी शान्ता चौधरीले मन्त्री बन्न शुभकामना दिएकी छन्। 

शुक्रबार दिउँसो जितपछि बधाई दिँदै चौधरीले भनिन्, ‘सके मन्त्री बन्नू तर पार्टी नफेर्नू।’ 

एमाले फुटपछि मेटमणि माधव नेपालले गठन गरेको एकीकृत समाजवादीतिर छन्। त्यसअघि भने यी दुबै जना एमालेमा थिए। 

यस्तै, शान्ताले नेताहरू जितपछि फर्केर नआउने जनतामा गुनासो रहेको उल्लेख गर्दै मेटमणिलाई भनिन्, ‘सबैभन्दा पहिले जनताको हरेक सुख दुःखमा साथ दिनू। चुनावपछि नेता जनतामाझ आउँदैनन् भन्ने गुनासोबाट मुक्त हुनू।’

यस्तै, उनले लुम्बिनी प्रदेशको राजधानी दाङ बनाइएकोमा त्यसलाई कार्यान्वयन गर्नका निम्ति भूमिका खेल्न पनि सुझाएकी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस