हामीले अपेक्षा गरेअनुसार परिणाम आएन : प्रचण्ड « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

हामीले अपेक्षा गरेअनुसार परिणाम आएन : प्रचण्ड


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा अपेक्षा गरे अनुसार परिणाम नआएको बताएका छन् । गोरखा २ बाट निर्वाचित भएपछि प्रमाणपत्र बुझ्दै प्रचण्डले गठबन्धन दलहरू बैठक बसेर आजै समीक्षा गर्ने बताए ।

‘यो निर्वाचनमा जे भएपनि परिणाम: सफल भएको छ । हाम्रा सबै उम्मेदवार विजयी हुनुभएको छ । त्यसकारण परिणाम सुखदै भएको छ’ प्रचण्डले भने, ‘तर, हामीले परिणाम जस्तो अपेक्षा गरेका थियौँ । त्यस्तो अलि भएन । थोरै नसोचेका केही परिणाम भए ।’

Tags :
प्रतिक्रिया दिनुहोस