घरमा आगलागी हुँदा १० को मृत्यु, ९ जना घाइते « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

घरमा आगलागी हुँदा १० को मृत्यु, ९ जना घाइते


९ मंसिर २०७९, शुक्रबार


उरुम्की । उत्तरपूर्वी चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा भएको आगलागीमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ भने अरु नौ जना घाइते भएका छन् ।

एक व्यक्तिको निजी घरमा भएको आगलागीमा परेर ती व्यक्तिको ज्यान गएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार बिहीबार राति सो दुर्घटना भएको हो ।

उरुम्कीको नियानसाब जिल्लामा बिहीबार राति करिब ८ बजे एक व्यक्तिको निजी घरमा आगो सल्किएको थियो ।

यहाँका स्थानीय अधिकारीले दिएको जानकारी अनुसार राति १०ः३५ मा मात्र आगो नियन्त्रणमा लिइएको थियो । यस अगलागीको कारणका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस