दाङ-१ (क) बाट माओवादीका इन्द्रजीत थारु विजयी « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

दाङ-१ (क) बाट माओवादीका इन्द्रजीत थारु विजयी


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ । दाङ क्षेत्र नम्बर १ क बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार इन्द्रजीत थारु निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका थारुले नेकपा एमालेका उम्मेदवार गंगाराम भट्टराईलाई पराजित गरेका हुन् । 

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री थारु दोस्रो पटक प्रदेश सभा सांसदमा निर्वाचित भएका छन् । थारुले १३ हजार ५०५ मत ल्याएर विजयी भएका छन् भने भट्टराई  ११ हजार ७३० मत ल्याएर पराजित भएका छन् । 

२०७४ सालको चुनाव यसै प्रदेश सभाबाट थारु निर्वाचित भएका थिए । पहिलो संविधान सभा २०६४ सालमा क्षेत्र नम्बर १ बाट भारी मतका साथ विजयी भएका थिए । 

तत्कालीन काँग्रेस नेता खुमबहादुर खड्कालाई पराजित गर्दै थारु निर्वाचित भएका थिए । २०७० सालको चुनावमा मोहन वैद्य नेतृत्वको माओवादीमा सहभागी भई चुनाव बहिष्कारमा सहभागी भएका थिए । प्रचण्ड नेतृत्वको माओवादीमा सहभागी भएपछि २ पटक प्रदेश सभा संसदमा निर्वाचित हुन सफल भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस