रौतहटसँगै मुलुकको विकास र सम्बृद्धि हासिल गर्न प्रतिबद्ध हुनेछु : माधव नेपाल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रौतहटसँगै मुलुकको विकास र सम्बृद्धि हासिल गर्न प्रतिबद्ध हुनेछु : माधव नेपाल


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटसँगै सिङ्गो मुलुकको सुशासन, विकास र सम्बृद्धि हासिल गर्न प्रतिबद्ध हुने बताएका छन् । रौतहट क्षेत्र नम्बर १ बाट  निर्वाचित भए लगतै सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेपालले विजयी गराउने मतदातालाई धन्यवाद दिएका छन् । 

‘रौतहट क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यमा मलाई अत्यधिक मतका साथ विजयी गराउनुभएकोमा सम्पूर्ण मतदाताहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु’ नेपालले लेखेका छन्, ‘रौतहटसँगै सिङ्गो मुलुकमा सुशासन, विकास र सम्बृद्धि हासिल गर्ने हाम्रो प्रतिबद्धता पुरा गर्न म निरन्तर क्रियाशील हुनेछु ।’ आफूलाई चुनावमा सहयोग गर्ने शुभेच्छुक नेता कार्यकर्ता सबैमा नेपालले धन्यवाद दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस