समानुपातिक तर्फ कसको मत कति आयो ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

समानुपातिक तर्फ कसको मत कति आयो ?


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिक तर्फ ६ लाख मत कटाएको छ। त्यस्तै दोस्रो स्थानमा रहेकाे नेपाली काँग्रेसले ५ लाख ७२ हजार मत ल्याएको छ।

निर्वाचन आयोगले बिहीबार दिउँसो साढे ३ बजेसम्म आफ्नो वेबसाइटमा प्रविष्ट गरेको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ३ लाख मत कटाएको छ। स्वतन्त्र पार्टीलाई ३ लाख ९ हजार ६७ मत प्राप्त भएको हो। यो पार्टी तेस्रो स्थानमा रहेको छ।

चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रको २ लाख ७८ हजार मत छ भने पाँचौँ स्थानको राप्रपाले १ लाख ६८ हजार मत ल्याएको छ।

नेमकिपाले ५१ हजार, जनमत पार्टीले ४९ हजार, नागरिक उन्मुक्ति पार्टीले ४८ हजार, नेकपा एकीकृत समाजवादीले ४० हजार मत ल्याएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस