प्रदीप ज्ञवाली फेरि लिए अग्रता, चन्द्र भण्डारी पछिपछि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदीप ज्ञवाली फेरि लिए अग्रता, चन्द्र भण्डारी पछिपछि


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ । गुल्मी प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा एमाले र नेपाली कांग्रेसबीच रोचक प्रतिस्पर्धा चलिरहेको छ । 

यस क्षेत्रमा एमालेबाट प्रदीपकुमार ज्ञवाली र काँग्रेसबाट चन्द्र भण्डारी उम्मेदवार छन् । मतगणना चलिरहँदा कहिले ज्ञवाली अघि देखिएका छन् भने कहिले भण्डारी अघि देखिएका छन् । 

पछिल्लो परिणामअनुसार ज्ञवालीले अग्रता लिएका छन् । उनले १६ हजार ३ सय ५८ मत प्राप्त गरेका छन् । भने काँग्रेसका भण्डारीले १५ हजार ८ सय ३५ मत पाएका छन् । उनीहरूबीच ५ सय २३ मतको अन्तर रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस