रवि लामिछाने ‘धन्यवाद सभा’ मा २ बाकस राख्दै, के छ त्यो बाकसमा ? « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

रवि लामिछाने ‘धन्यवाद सभा’ मा २ बाकस राख्दै, के छ त्यो बाकसमा ?


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ बाट प्रतिनिधिसभा निर्वाचनमा विजय हासिल गरेपछि तीन स्थानमा ‘धन्यवाद सभा’ गर्ने भएका छन् ।

विजय र्‍यालीको साटो लामिछानेले आज दिउँसो ३ बजे भरतपुर १० स्थित गेस्ट हाउस चौरमा, शुक्रबार बिहान ११ बजे इच्छाकामना गाउँपालिका कार्यालय अगाडिको फुटबल ग्राउन्ड कुरिनटार, दिउँसो ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमापुरमा धन्यवाद सभा गर्ने जानकारी दिएका हुन् ।

उनले धन्यवाद सभामा आउँदा आफ्ना लागि फूलमाला अवीर र खादा केही पनि नल्याउन आग्रह गर्दै छन् । बरु सोही धन्यवाद सभा स्थलमा लामिछानेले दुई वटा बाकस राख्ने बताएका छन् । एउटा बाकस समस्या पेटिका लेखिएको हुने र अर्को उजुरी, समस्या, सुझाव पेटिका लेखिएको हुने उनको भनाइ छ ।

उनले आफू छिटोभन्दा छिटो काममा लाग्न चाहेको भन्दै भोट माग्न र र्‍याली गर्न आउन नभ्याएका ठाउँमा काम गर्न आउने प्रतिबद्धता पनि जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस