२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँमा कमजोर देखिएको माओवादी, अन्य ठाउँमा के छ अवस्था ?

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्र प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा काठमाडौँ उपत्यकाका तीन जिल्लाबाट शून्य बन्ने देखिएको छ ।

सत्ता गठबन्धन माओवादीका काठमाडौँ, ललितपुर र भक्तपुरबाट प्रतिनिधि सभामा ६ जना र प्रदेश सभामा ८ जनाले उम्मेदवारी दिएका थिए ।

प्रतिनिधि सभाका ६ जना उम्मेदवार पराजित भइसकेका छन् । प्रदेश सभामा उम्मेदवारी दिएका ७ जना मध्ये ललितपुर क्षेत्र नम्बर ३ ‘क’मा उम्मेदवार राजकाजी महर्जनको क्षेत्रमा गणना जारी छ । महर्जन समेत एमालेका रघुनाथ महर्जनसँग झिनो मत अन्तरले पछाडि छन् ।

काठमाडौँ क्षेत्र नम्बर २ बाट माओवादी स्थायी समिति सदस्य ओन्सरी घर्तीले उम्मेदवारी दिएकी थिइन् । सत्ता गठबन्धनको समेत सहयोगमा उम्मेदवारी दिएकी घर्ती राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमसँगको प्रतिस्पर्धामा फराकिलो मत अन्तरले पराजित भइन् । गौतमले १५ हजार २२९ मत ल्याएर विजयी हुँदा घर्ती ९ हजार ४४९ मत ल्याएर चौथो बनिन् ।

यस्तै काठमाडौँ ७ बाट नेपाल समाजवादीकी अस्मिता सिंह मानुषी यमी भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीसँग पराजित भइन् । माओवादीको चुनाव चिन्ह हँसिया हथौडा लिएर मानुषी सत्ता गठबन्धनको समेत सहयोगमा चुनावी मैदानमा उत्रिएकी थिइन् ।

पराजुलीले ८ हजार ७४३ मत ल्याएर विजयी हुँदा मानुषीले ६ हजार ६३ मत ल्याएर तेस्रो भइन् । यस्तै काठमाडौँ ९ मा पोलिटब्युरो सदस्य कल्पना धमलाले उम्मेदवारी दिएकी थिइन् । सत्ता गठबन्धनको सहयोगमा उम्मेदवारी दिएकी धमला एमालेका कृष्णगोपाल श्रेष्ठसँग पराजित भइन्। श्रेष्ठले ११ हजार ९५६ मत ल्याएर विजयी हुँदा धमला ६ हजार ४०२ मत ल्याएर तेस्रो भई पराजित भइन् ।

यस्तै काठमाडौँ १० मा गठबन्धन नभएपछि माओवादीले एकल रूपमा अन्जना विसंखेले उम्मेदवारी दिएकी थिइन । नेपाली काँग्रेसका राजेन्द्र केसीले १४ हजार ४४८ मत ल्याएर विजयी हुँदा विसंखेले ४ हजार २६० मत ल्याएर पाँचौँ स्थानमा चित्त बुझाइन् ।

भक्तपुर १ मा सत्ता गठबन्धनबाट माओवादीका सुनील गोठेले उम्मेदवारी दिएका थिए । उनलाई नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले फराकिलो मत अन्तरले पराजित गरे । सुवालले ४२ हजार ७६१ मत ल्याएर विजयी हुँदा माओवादीका सुनिलले ५ हजार १६५ मत ल्याएर चौथो बने ।

यस्तै पार्टी संघीय सरकारकी ऊर्जा मन्त्री एवम् पार्टी उपमहासचिवमा पम्फा भुसालले ललितपुर ३ मा उम्मेदवारी दिएकी थिइन् । भुसाल पराजित हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी भइन्। कार्की ३१ हजार १३६ मत ल्याएर विजयी हुँदा भुसालले ८ हजार ७६९ मत ल्याएर तेस्रो भइन् ।

ललितपुर क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा हरि दाहालले उम्मेदवारी दिए पनि एमालेका मधुसूदन पौडेलसँग पराजित भए । यस्तै काठमाडौं ३ बाट प्रदेश सभा ‘क’ मा कपिलमुनि उप्रेती र प्रदेश सभा‘ख’बाट महेश्वर फुयाँले उम्मेदवारी दिएका थिए । पोखरेल र फुयाँल दुवै क्रमशः काँग्रेसका छिरिङ दोर्जे र विमल ठकुरीसँग पराजित भए ।

यस्तै काठमाडौं क्षेत्र नम्बर ६ प्रदेश सभा‘क’बाट रवीन्द्रप्रसाद श्रेष्ठ र प्रदेश सभा ‘ख’बाट प्रकाश फुयाँले उम्मेदवारी दिएका थिए । श्रेष्ठ र फुयाँल दुवै क्रमशः काँग्रेसकी हरिप्रभाव खड्का र एमालेका अमनकुमार मास्केसँग पराजित भए ।

यसैगरी काठमाडौँ क्षेत्र नम्बर १० को प्रदेश सभा‘क’ मा दिलीप महर्जन र प्रदेश सभा ‘ख’ मा गणेशबहादुर कुँवरले उम्मेदवारी दिएका थिए । महर्जन र कुँवर दुवै जना काँग्रेसका पुकार महर्जन र एकीकृत समाजवादी रमा आले मगरसँग पराजित भए।

प्रतिक्रिया दिनुहोस