सिरहा ३ (क) मा एमालेका मनोज सिंह निर्वाचित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सिरहा ३ (क) मा एमालेका मनोज सिंह निर्वाचित


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेले प्रदेश सभा सदस्यमा सिरहामा पहिलो जित हात पारेको छ।

सिरहा ३ (क)बाट प्रदेश सभा सदस्यमा एमालेका मनोजकुमार सिंह दुई हजार ९८७ मतान्तरले विजयी भएका छन्।

२०७४ को प्रदेश सभा सदस्य र २०७९ को स्थानीय तह निर्वाचनमा मेयरमा पराजित भएका सिंह प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचित सिंहले १५ हजार ८८६ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राम सगुन यादवले १२ हजार ८९९ मत पाएका छन्। जनमत पार्टीका दुष्यन्त कुमार कर्णले ४ हजार ७९३ मत पाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस