प्रहरीको बर्दी लगाएर १० तोला सुन लुटपाट गर्ने ४ जना पेस्तोलसहित न्युरोडबाट पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रहरीको बर्दी लगाएर १० तोला सुन लुटपाट गर्ने ४ जना पेस्तोलसहित न्युरोडबाट पक्राउ


८ मंसिर २०७९, बिहिबार


पक्राउ

काठमाडौँ । काठमाडौँको न्युरोडबाट प्रहरी हवल्दारको बर्दी लगाएर १० तोला सुन लुटपाट भएको छ ।

लुटमा संलग्न आरोपमा प्रहरीले सुमन राईसहित ४ जनालाई पक्राउ गरेको छ । आरोपीहरुको साथबाट १ थान पेस्तोल र गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँ स्रोतले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अघि न्युरोडमा रहेको सुन बनाउने कारखाना पुलिसको युनिफर्म लगाएर पेस्तोल भिरेर गएका लुटेराहरूले १० तोला सुन लुटेर भागेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँले त्यसबारे जानकारी गराउन बिहिबार दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ । प्रहरीले लुट्न प्रयोग गरिएको पेस्तोल बरामद गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस