चितवन-२ मा भारी मतान्तरले जित्दै रवि लामिछाने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चितवन-२ मा भारी मतान्तरले जित्दै रवि लामिछाने


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ ।चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछाने फराकिलो मतान्तरसहित जित हासिल गर्ने भएका छन् । बिहीबार बिहान सवा सात बजेसम्मको मतगणनाअनुसार लामिछानेले ४२ हजार २४१ मत ल्याएका छन् ।

सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको १३ हजार ९२९ मत आएको छ । एमालेका कृष्णभक्त पोखरेलको १३ हजार ३०८ मत आएको छ ।

चितवन-२ मा हालसम्म ७३ हजार ९४४ मत गणना भएको छ । यहाँ आइतबार भएको मतदानमा ८४ हजार ३१५ मत खसेको थियो । अब गन्न बाँकी १० हजार ३७१ मत छ । तर रविले आफ्ना निकटतम् प्रतिस्पर्धीभन्दा २८ हजार ३१२ मतान्तर कायम गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस