सल्यानबाट प्रतिनिधि सभा सदस्य प्रकाश ज्वाला निर्वाचित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

 सल्यानबाट प्रतिनिधि सभा सदस्य प्रकाश ज्वाला निर्वाचित


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ ।  नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला सल्यानबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

३५ हजार ७०० मतसहित ज्वाला निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत पाएका छन् । ज्वाला र शाहबीचको मत अन्तर १५ हजार ९११ छ ।

एमालेका उम्मेदवार राजेन्द्रवीर रायले तेस्रो स्थानमा रहे । उनले १३ हजार २९ मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस