कैलाली-४ मा काँग्रेसका वीरबहादुर बलायर निर्वाचित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कैलाली-४ मा काँग्रेसका वीरबहादुर बलायर निर्वाचित


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । कैलाली-४ मा नेपाली काँग्रेसका वीरबहादुर बलायर निर्वाचित भएका छन् ।

नेकपा एमालेका लेखराज भट्टलाई ३ हजार ४३८ मतान्तरले पछि पार्दै बलायर निर्वाचित भएका हुन् ।

बलायरले २६ हजार १७१ मत पाउँदा एमालेका भट्टले २२ हजार ५३३ मत पाएका छन् ।

२०७० सालमा डोटीबाट निर्वाचित भएका बलायर मन्त्री भएर भौतिक पूर्वाधारमन्त्रालयको जिम्मेवारी  सम्हालेका थिए ।

अघिल्लो निर्वाचनमा तत्कालीन नेकपा (एमाले)का प्रेमबहादुर आलेसँग मन्त्री भएकै बेला पारजित भएका थिए ।

एमाले विभाजित भइ बनेको नेकपा (एकीकृत समाजवादी) काँग्रेस नेतृत्वको गठबन्धनमा आबद्ध भएपछि उनै आलेका कारण बलायर जिल्ला छोडेर कैलालीमा चुनाव लड्न बाध्य भएका थिए ।

उनले कैलाली झरेर अघिल्लोपटक यही क्षेत्रबाट निर्वाचित एमालेका लेखराज भट्टलाई पराजित गरेका छन् ।

भट्ट ०७४ सालमा यही क्षेत्रमा नेकपा (माअ‍ोवादी केन्द्र)का तर्फबाट चुनाव लडेर निर्वाचित भएका थिए ।

ओली सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रहेका बेला नेकपा विभाजन भएर एमाले र माओवादी विभाजित हुँदा उनी एमालेतर्फ लागेपछि माओवादीले गरेको कारबाहीका कारण उनको सांसद पद गएका थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस