बैतडीमा एमालेका भण्डारीलाई पछि पार्दै माओवादीका ‘विजयसुन्दर’ले लिए अग्रता   « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बैतडीमा एमालेका भण्डारीलाई पछि पार्दै माओवादीका ‘विजयसुन्दर’ले लिए अग्रता  


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । बैतडीमा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का नरेन्द्र कुँवर ‘विजयसुन्दर’ले अग्रता लिएका छन् ।

मतगणनाको सुरुदेखि नै अग्रता लिइरहेका एमालेका उम्मेदवार दामोदर भण्डारीलाई पछि पार्दै कुँवरले अग्रता लिएका हुन् ।

३१ हजार ४७४ मत गणना हुँदा माओवादी केन्द्रका कुँवरले १३ हजार ७३२ मत प्राप्त गरेका छन् । एमालेका भण्डारीले १३ हजार ४२ मत प्राप्त गरेका छन् ।

पछिल्लो परिणामअनुसार माओवादी केन्द्रका कुँवर ६९० मत अघि देखिएका छन् ।

प्रतिनिधिसभाअन्तर्गत अहिले पुर्चौंडी नगरपालिकाको मतगणना भइरहेको छ ।

पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका र डिलाशैनी गाउँपालिकाको मतगणना सम्पन्न भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस