बाजुराका प्रजिअ, निर्वाचन अधिकृतसहित सुरक्षा निकायका प्रमुखमाथि आक्रमण « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

बाजुराका प्रजिअ, निर्वाचन अधिकृतसहित सुरक्षा निकायका प्रमुखमाथि आक्रमण


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । बाजुराका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृतमाथि अनेरास्ववियू कार्यकर्ताले आक्रमण गरेका छन्। 

आफना कार्यकर्ता चेतन अयडीको हत्यामा संलग्नलाई कारबाही गरे मात्र मतगणना सुरु गर्न दिने अडान राखेका एमाले नेता र अनेरास्ववीयूका कार्यकर्ताले प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारी, मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेल र सुरक्षा निकायका प्रमुखहरू माथि आक्रमण गरेका हुन्।

मतगणना प्रक्रिया अघि बढाउने विषयमा सदरमुकाम मार्तडीस्थित जिल्ला समन्वय समितिको हलमा सर्वदलीय बैठक सकेर निस्कने क्रममा अनेरास्ववीयूका कार्यकर्ताले आक्रमण गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्टले प्रशासनलाई बताए।

सर्वदलीय बैठक सकेर मुख्य निर्वाचन अधिकृतको कार्यालय बाहिर निस्कँदा अनेरास्वीयुका कार्यकर्ताले प्रहरी प्रशासन विरुद्ध चेतन अयडिको हत्यारा पक्राउ गरी निष्पक्ष छानबिनको माग गर्दै ढुगांमुढा प्रहारसँगै कालोमोसोसमेत फालेको सहायक प्रजिअ विष्टले बताए । 

आक्रमणकारी अनेरास्ववीयूका कार्यकर्ताको खोजी कार्य भइरहेको उनले बताए 

Tags :
प्रतिक्रिया दिनुहोस