अछाम-२ मा काँग्रेसका पुष्प साह विजयी « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

अछाम-२ मा काँग्रेसका पुष्प साह विजयी


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । अछाम क्षेत्र नम्बर २ मा काँग्रेसका पुष्प साह विजयी भएका छन्।

बुधबार सम्पन्न भएको मतगणनामा उनले २३०५४ मतसहित जितेका हुन्।

उनले नेकपा एमालेका यज्ञ बोगटीलाई ७ हजार २० मत बढीले पछि पारे। बोगटीले भने १६०३४ मत प्राप्त गरे। बोगटी २०७४ सालमा निर्वाचित भएका थिए।

यस्तै, अछाम क्षेत्र नम्बर १ मा पनि एमालेका झपट बोहरालाई हराउँदै एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भएका छन्।

जिल्लाका दुवै सिटमा हार पछिको नतिजाले कतिपयले एमाले नेता भिम रावललाई टिकट नदिएपछि यस्तो हुन पुगेको प्रतिक्रिया दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस