साढे २८ हजार मतान्तरले ओली विजयी « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

साढे २८ हजार मतान्तरले ओली विजयी


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

ओलीले ५२ हजार ३१९ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाए ।

ओली २८ हजार ५७६ मतअन्तरले विजयी भएका हुन् ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४३ मत पाए ।

२०७४ को चुनावमा पनि ओलीले अधिकारीलाई नै हराएका थिए । त्यतिबेला उनको मत अन्तर २८ हजार ८४२ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस