डडेल्धुरा प्रदेश सभा-१ मा माओवादीका खगराजको अग्रता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डडेल्धुरा प्रदेश सभा-१ मा माओवादीका खगराजको अग्रता


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । डडेल्धुरा प्रदेशसभा-१ मा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का खगराज भट्टले अग्रता लिएका छन्। १,२१७ मत गणना हुँदा भट्टले ५५९ मत ल्याएका छन्।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका पठानसिंह बोहराले ५१३ मत पाएका छन्। यी दुईबीच ४६ मतको मतान्तर रहेको छ।

राप्रपाका पदमराज जोशीले ५१, स्वतन्त्र उम्मेदवार महेशसिंह धामीले ३४ र धनबहादुर बोहराले ९ मत पाएका छन्। ५१ मत बदर भएका छन्। आलिताल गाउँपालिकाका वडा नम्बर १ र २ को मत गणना भइरहेको बनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस