पूर्वी नवलपरासीमा शशाङ्कले जित्ने सम्भावना कति ? « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पूर्वी नवलपरासीमा शशाङ्कले जित्ने सम्भावना कति ?


७ मंसिर २०७९, बुधबार


कावासोती । पूर्वी नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नेपाली काँग्रेसका नेता डा. शशाङ्क कोइरालाले अग्रता कायमै राखेका छन् ।

मतगणना सुरु भएपछि अग्रस्थानमा रहेका उनले पछिल्लो मतपरिणाम अनुसार १३ हजार आठ सय नौ मत प्राप्त गरेका छन् ।

कोइरालालाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले ११ हजार तीन सय १३ मतका साथ पछ्याइरहेका भने नेकपा (एमाले)का कृष्ण पौडेलले १० हजार तीन सय सात मत प्राप्त गरेका छन् ।

पूर्वी नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा पनि काँग्रेसकै विष्णुकुमार कार्कीले अग्रता कायम राखेका छन् ।

कार्कीले १७ हजार एक सय १० मत प्राप्त गर्दा दोस्रो स्थानमा एमालेका तिलबहादुर महतले १६ हजार आठ सय सात मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस