प्रतिनिधिसभा सदस्यमा जितेपछि ५१ केजीको मालाले स्वागत « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

प्रतिनिधिसभा सदस्यमा जितेपछि ५१ केजीको मालाले स्वागत


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ क्षेत्र नं १० बाट प्रतिनिधिसभा सदस्यमा लगातार तेस्रो पटक विजय हासिल गरेका नेपाली काँग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसीलाई ५१ केजीको फुलमालाले स्वागत गरिएको छ । उनलाई विजय र्यालीका क्रममा शो माला लगाइदिएको हो ।

केसीले १४ हजार ४५८ मतका साथ यो पटक पनि विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार हिमेश केसीले ११ हजार ७८० मत पाएका छन् ।

केसीसँगै उक्त माला काठमाडौँ क्षेत्र नम्बर १० (क)बाट विजयी हुने पुकार महर्जन र (ख)बाट विजयी हुने रमा आले मगरलाई पनि लगाइदिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस