दाङ ३ मा कोमल वलीको मत घट्दै « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

दाङ ३ मा कोमल वलीको मत घट्दै


७ मंसिर २०७९, बुधबार


दाङ । दाङ ३ मा सत्ता गठबन्धनका उम्मेदवार दीपक गिरीले मतान्तर बढाएका छन् । काँग्रेस केन्द्रीय सदस्य गिरी प्रतिस्पर्धी एमालेकी कोमल वली भन्दा एक हजार सात सय ८३ मतले अघि छन् ।

गिरीले ८ हजार चार सय ३५ मत प्राप्त गरेका छन्, भने वलीले ६ हजार ६ सय ५२ मत प्राप्त गरेकी छन् ।अहिलेसम्म २० हजार ४ सय ४८ मत गणना भएको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिए ।

यस क्षेत्रमा एक लाख ४६ हजार चारसय ७५ मतदाता मध्ये ९० हजार एक सय ५० मत खसेको छ । क्षेत्र नं। ३ को भू–तथा जलाधार व्यवस्थापन कार्यालय, तुलसीपुरमा मतगणना भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस