राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले गरे ३ देशका सभामुखसँग वार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले गरे ३ देशका सभामुखसँग वार्ता


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । ४३ औँ महासभामा सहभागी हुन कम्बोडिया भ्रमणमा रहेका राष्ट्रियसभा सदस्य गणेश तिमिल्सिनाले आज ३ देशका सभामुखसँग द्विपक्षीय वार्ता गरेका छन् । 

अजरबैजानका सभामुख साहिबा गफारोवासँगको वार्तामा अध्यक्षले असंलग्न राष्ट्रहरूको संसदीय सञ्जालको सुरुवात गर्न अजरवैजानले गरेको पहलको प्रशंसा गरे । 

त्यस अवसरमा अध्यक्ष तिमल्सिनाले विश्वमा असंलग्न आन्दोलनको महत्त्व बढेको र यसमा दुवै देश मिलेर अघि बढ्नुपर्ने बताए । कम्बोडियाको राष्ट्रियसभाका सभामुख हेङ सेमरिनसँगको वार्तामा तिमिल्सिनाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको हुँदा दुई देशबीच २०१८ नोभेम्बरमा भएको हवाई सेवा सम्झौता कार्यान्वयन गरी सीधा उडान सञ्चालन गर्ने विषयमा पहल गर्नुपर्नेमा जोड दिए । 

भियतनामका सभामुख भ्यङ दिन्ह हुइसँगको वार्तामा अध्यक्षले भियतनाम र नेपालबीच व्यापार र पर्यटन प्रवर्द्धन गर्नुपर्ने र विचाराधीन सम्झौताहरूमा शीघ्र निर्णयमा पुग्नुपर्ने विचार व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस