रेखा शर्मा झण्डै दुई हजार मतान्तरले अगाडि « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

रेखा शर्मा झण्डै दुई हजार मतान्तरले अगाडि


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ। दाङ २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले झण्डै दुई हजार मत अन्तरले अग्रता लिएकी छन् ।

२३ हजार ५३१ मत गणना हुँदा रेखाले ९ हजार ५९५ मत पाएकी छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार शङ्कर पोख्रेलले ७ हजार ७५३ मत पाएका छन् ।

रेखा र शंकरबीचको मत अन्तर १८४२ छ ।

रेखाले शङ्कर पोख्रेलसँग सुरुदेखि नै अग्रता बनाइरहेकी छन् । पछिल्लो समय उनको मतअन्तर पनि थोरै सङ्ख्याले बढ्दै गएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस