सचिव सिंह अवकाश  « प्रशासन
Logo १३ आश्विन २०८०, शनिबार
   

सचिव सिंह अवकाश 


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । शहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंह अनिवार्य अवकाश भएका छन् । 

सचिवको पाँच वर्षे कार्यकाल सकाउँदै सचिव सिंहले मङ्गलवारदेखि अनिवार्य अवकाशमा घर गएका हुन् । 

२०५३ मंसिर ७ गतेको निर्णयअनुशार इन्जिनियरबाट निजामतीमा प्रवेश गरेका सिंह २०६६ वैशाखमा खुल्लाबाट सिनियर डिभिजनल इन्जिनियर(उपसचिव स्तर) सोही वर्ष फागुनमा खुल्लाबाटै सुपरिटेन्डेन्ट इन्जिनियर(सहसचिव) हुँदै २०७४ मंसिर ६ गते सचिव(विशिष्ठ श्रेणी)मा बढुवा भएका थिए । 

सचिव भएसँगै पहिलो पोस्टिङ जल तथा ऊर्जा आयोगको सचिवालयमा भएका सिंह नेपाल ट्रस्टको कार्यालय, सहरी विकास मन्त्रालय, पुनः जल तथा ऊर्जा आयोगको सचिवालय, फेरी सहरी विकास मन्त्रालय हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्तबाट अन्तिमका केही महिना सहरी विकास मन्त्रालय हुँदै अढाई दशकको निजामती सेवाबाट बिदाइ भएका छन् । 

निजामतीमा ‘चतुर खेलाडी’का रूपमा परिचित उनी शहरी मन्त्रालय तथा अन्तर्गतका निकायमा रहँदा बिबादास्पद निर्णयका कारण जहिल्यै चर्चामा रहे । 

सचिव सिंहको अवकाशसँगै एक सचिव पद रिक्त भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस