२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचित भएलगत्तै कृष्ण गोपालले गरे मदनको सालिकमा माल्यार्पण

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट दोस्रो जित हासिल गरेका एमाले नेता कृष्णगोपाल श्रेष्ठले आफ्नो जित सम्पूर्ण मतदाताको जित भएको बताएका छन् । 

निर्वाचन अघि खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेललाई ९ सय ९५ मतले पछि पार्दै आठौँ पटक उम्मेदवारी बनेर चौथो जित निकालेका श्रेष्ठले यो जित आफ्नो नभई सम्पूर्ण मतदाताको भएको बताएका छन् ।

काठमाडौँ क्षेत्र नम्बर ९ मा ४३ हजार ६७ मत खसेकोमा श्रेष्ठले ११ हजार ९ सय ५६ मत ल्याएका छन् ।

श्रेष्ठका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९ सय ६१ मत ल्याएका थिए ।  गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी  धमलाले ६ हजार ४ सय २ मत पाइन् ।  विसं २०४८ पछि भएको निर्वाचनमा आठ पटक उम्मेदवार बनेका श्रेष्ठ एमालेका स्थायी कमिटी सदस्य हुन् ।

यसअघि तत्कालीन ओली सरकारका शहरी विकास, शिक्षा , विज्ञान तथा प्रविधि, वन तथा वातावरण, स्वास्थ्य तथा जनसङ्ख्या, श्रम रोजगार तथा सामाजिक सुरक्षा र युवा तथा खेलकुद मन्त्री बन्ने भाग्यमानी नेतामा पर्छन् ।  श्रेष्ठ यसअघि २०४८, २०५१, २०७४ र यो निर्वाचनमा निर्वाचित भएका थिए । 

निर्वाचित भए लगत्तै श्रेष्ठ बल्खुस्थित मदन भण्डारीको सालिकमा माल्यार्पण गर्न पुगेका छन् । त्यसअघि मतगणना स्थलबाट कुलेश्वरस्थित निर्वाचन परिचालन कार्यालय पुगेका श्रेष्ठ आजै स्युचाटार र लगनस्थित सम्पर्क कार्यालयमा पुगेर मतदातालाई धन्यवाद दिएका छन् ।