हजयात्रीको कोटा बढाइदिन सरकारसँग माग « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

हजयात्रीको कोटा बढाइदिन सरकारसँग माग


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । नेपाल हज समितिले साउदी अरबको मक्का मदिनामा जाने हज यात्रीको कोटा (संख्या) बढाइदिन सरकारसँग माग गरेको छ ।

नेपाल हज समितिले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी नेपालबाट  हज यात्रामा जान चाहने इस्लाम धर्मावलम्बीहरू धेरै हुने तर जान पाउने संख्या ज्यादै कम भएकाले संख्या बढाउन माग गरेको हो ।

नेपाल हज समितिका अध्यक्ष शमशेर मियाले नेपाल सरकारले साउदी अरब सरकारसँग उच्चस्तरीय वार्ता गरेर हज यात्रामा जाने धर्मावलम्बीको माग सम्बोधन गर्नुपर्ने बताए । 

हरेक वर्ष बकर इदका बेला विश्वभरका लाखौँ इस्लाम धर्मावलम्बी डेढ महिनाका लागि साउदी अरबको मक्का मदिना जाने गर्दछन् । यो वर्ष ५६३ जना मात्र हज यात्रामा जान पाएका र यसको तेब्बर संख्या जान नपाउँदा हज समितिमाथि गुनासो आउने गरेको अध्यक्ष मियाले बताए ।

साउदी सरकारले नेपालबाट जाने हज यात्रीका लागि आवश्यक सबै सुविधा सहजरुपमा उपलब्ध गराएर नेपाल हज समितिलाई व्यवस्थापनमा सहज बनाएको अध्यक्ष मियाले बताए । साउदी सरकारले वार्षिक १० प्रतिशत आम्दानी हज यात्रीबाट गर्ने गरेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस