एमाले सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की, दुई जना पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमाले सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की, दुई जना पक्राउ


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

मंगलबार बिहान कैलालीको गोदावरी नगरपालिका-१ अत्तरियास्थित भट्टको निवासमा पुगेर दुई जनाले ज्यान मार्ने धम्की दिएका हुन् ।

सचिव भट्टको घरमा प्रवेश गरेर ज्यान मार्ने धम्की दिने दुई जनालाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका-१४ का शेरबहादुर लामा र गोदावरी नगरपालिका-२ बस्ने दीपेन्द्र विकलाई पक्राउ गरिएको हो । दुवैलाई इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखिएको छ ।

उनीहरू घरमा प्रवेश गरेका बेला भट्ट धनगढीमा बिरामी भेट्न गएको स्वकीय सचिव हितेश ओझाले बताए । घरमा सहयोगीका रूपमा कार्यरत मनोज धामी र उनकी श्रीमती माया धामीलाई तिमीहरू र तिम्रो मन्त्रीलाई मारिदिन्छु भनेर धम्की दिएको ओझाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस