सप्तरी-२ : सिके राउत ७ हजारभन्दा बढी मतले अगाडि « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सप्तरी-२ : सिके राउत ७ हजारभन्दा बढी मतले अगाडि


६ मंसिर २०७९, मंगलबार


सप्तरी । सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले झण्डै ७ हजार २ सय मतको अग्रता लिएका छन्। हालसम्मको गणनामा राउतले १४ हजार ४ सय ६८ मत ल्याएका छन्।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने ७ हजार २ सय ७१ मतसहित दोस्रो स्थानमा छन्।

राउत र यादवबिचको मतान्तर ७१९७ रहेको छ। राउत सुरुदेखि नै फराकिलो अग्रता लिएका छन्।

सत्ता गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले २९२८ मत ल्याएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस