‘देउवाले जिते पनि मैले जिते जस्तै हो’ : सागर ढकाल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

‘देउवाले जिते पनि मैले जिते जस्तै हो’ : सागर ढकाल


६ मंसिर २०७९, मंगलबार


डडेलधुरा । स्वतन्त्र उम्मेदवार सागर ढकालले डडेल्धुरामा शेरबहादुर देउवा विजयी भए पनि आफूले जिते सरह हुने बताएका छन्।

मङ्गलवार बिहान फेसबुक लाइभमार्फत उनले देउवाको यो अन्तिम पाँच वर्ष हुने र आफूहरूको सुरुवात भएको बताएका छन्। उनले अब देउवाबाहेक डडेल्धुरामा आफ्ना प्रतिस्पर्धी नै नभएको दाबी गरे।

‘उहाँको पाँच वर्ष अब अन्तिम हो। उहाँले जिते पनि मैले जितजस्तै हो। डराउनुपर्दैन’, उनले भने, ‘अब डडेलधुरा बनाउने, नीति नियम लेख्ने मैलै नै हो। अब डडेलधुराको भनेको सागर ढकाललै हो। सक्किसक्यो अब कम्पिटिसन नै छैन।’

उनले डडेलधुराका युवालाई साथ दिएको धन्यवाद दिए। देशभर परिवर्तनको लहर आइसकेको उनको भनाइ छ। चुनावमा आफूहरूले निकै राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै उनले यसलाई एकदमै राम्रो सङ्केत भएको पनि बताए।

Tags :
प्रतिक्रिया दिनुहोस