२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव नेपालसहित एकीकृत समाजवादीको ७ स्थानमा अग्रता, प्रतिद्वन्द्वी को ?

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी पार्टी) ले प्रतिनिधि सभातर्फ हालसम्म ७ स्थानमा अग्रता कायम गरेको छ ।

अध्यक्ष माधवकुमार नेपालसहित ७ उम्मेदवारले अग्रता कायम गरेकामा ६ स्थानमा आफ्नै पुरानो पार्टी नेकपा एमालेले पछ्याइरहेको छ भने एक स्थानमा स्वतन्त्र उम्मेदवारले समाजवादीलाई पछ्याइरहेको छ ।

कुन स्थानमा कसको अग्रता ?
एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले रौतहट-१ बाट अग्रता कायम गरिरहेका छन् । निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका अजय कुमार गुप्ताले ५८३९ मत प्राप्त गरिराख्दा अध्यक्ष नेपालले ६४३१ मत ल्याएका छन् । नेपाल र गुप्ताबिचको मतान्तर ५४२ रहेको छ ।

यस्तै, बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका राजेन्द्र पाण्डेले धादिङ १ बाट लिड गरिरहेका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले ५१८८ मत प्राप्त गर्दा पाण्डेले ५३७१ मत प्राप्त गरेका छन् । मेटमणि चौधरीले दाङ १ बाट २०२६ मतले अग्रता कायम गर्दै गर्दा एमालेका शान्ता चौधरीले १३०१ मत प्राप्त गरेकी छिन् ।

यस्तै, सल्यान १ बाट प्रकाश ज्वालाले ७१२९ मतले अग्रता कायम गर्दै गर्दा स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले ३७०२ मतसहित ज्वालालाई पछ्याइरहेका छन् । यस्तै, बारा ४ बाट कृष्णकुमार श्रेष्ठले २३०५ मतसहित लिड गर्दै गर्दा एमालेका एकवाल मियाँले १९३७ मतले पछ्याइरहेका छन् ।

यस्तै, अछाम १ बाट शेरबहादुर कुँवरले १०३१ मतसहित अग्रता कायम गर्दा एमालेका झपटबहादुर बोहोराले १४५० मत प्राप्त गरेका छन् । उता डोटी १ बाट प्रेमबहादुर आलेले ४०४९ मतसहित अग्रता कायम गर्दै गर्दा एमालेका गौरीकुमारी ओलीले २३९२ मतले आलेलाई पच्छ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस