२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ-४ मा कांग्रेस महामन्त्री थापाको अग्रता कायमै

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुरुआतीदेखि अग्रता कायम राखेका छन् ।

मतगणनाको बूढानीलकण्ठ नगरपालिकाभित्रका आठ वडा र महानगरका वडा नं १ र ७ को मतगणना सकिँदा उनले पाँच हजार पाँच सय ६८ मतको अग्रता लिएका हुन् । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार हाल ३७ हजार दुई सय ३२ मत गणना हुँदा थापाले १७ हजार पाँच सय १७ मत प्राप्त गरेका छन् । , भने उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार डा.राजन भट्टरार्ईले ११ हजार नौ सय ४८ मत प्राप्त गरेका हुन् ।

त्यसैगरी राप्रपाका उम्मेदवार डा.ठाकुर मोहन श्रेष्ठले दुई हजार दुई सय ६८ मत प्राप्त गरेका छन् । सो क्षेत्रको मत गणना सुरु भएदेखि नै थापाको अग्रता कायम रहेको छ ।

काठमाडौँ क्षेत्र नम्बर ४ प्रदेशसभा (२) तर्फको बूढानीलकण्ठ वडा नं १, २, ८, ९, १०, ११, १२ र १३ पर्दछन् यस क्षेत्रको गणना सकिएको छ । काठमाडौँ–४ प्रदेशसभा (१) अन्तर्गत पर्ने काठमाडौँ महानगरका वडा नम्बर १ र ७ को मत गणना सकिएको छ भने महानगरका वडा नं ८ र ३० को मत गणना जारी छ । काठमाडौँ–४ निर्वाचन क्षेत्रबाट ३१ उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस