काठमाडौँ । लमजुङमा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधि सभा सदस्य उम्मेदवार नरेन्द्रबहादुर गुरुङको निधन भएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-२, घनपोखरा घिम्राङका ६८ वर्षीय गुरुङको उपचारका क्रममा भरतपुर अस्पतालमा सोमबार दिउँसो निधन भएको हो।
हाल सदरमुकाम बेंसीसहर बस्दै आएका उनी शुक्रबार बिरामी भएपछि जिल्ला अस्पताल लमजुङमा भर्ना भएका थिए। उनलाई उपचारका लागि भरतपुर लगिएको थियो।
गुरुङ उच्च रक्तचापका बिरामी रहेको बताइएको छ । उनले सत्ता गठबन्धनका उम्मेदवार देवप्रसाद गुरुङलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता गरेको घोषणा गरेका थिए। तर, जसपाले उम्मेदवार कायमै रहेको जनाएको थियो। हाल चार हजार ८ सय ९८ मतगणना हुँदा उनले ५ मत प्राप्त गरेका छन्।