कतार विश्वकप: इतिहासमै पहिलो पटक आयोजक उद्घाटन खेलमा पराजित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कतार विश्वकप: इतिहासमै पहिलो पटक आयोजक उद्घाटन खेलमा पराजित


५ मंसिर २०७९, सोमबार


काठमाडौँ । आइतबारबाट कतारमा सुरु भएको २०२२ को विश्वकपमा आयोजक कतार इक्वेडरसँग २-० ले पराजित भएको छ।

जारी विश्वकपमा आयोजक कतार उद्घाटन खेलमानै पराजित भएसँगै खराब इतिहास समेत आफ्नो नाममा पारेको छ।

कतार विरुद्ध इक्वेडरले पहिलो हाफमा गरेको २ गोलनै दोस्रो हाफमा पनि कायम रह्यो। विश्वकप इतिहासमा आयोजक राष्ट्र उद्घाटन खेलमा पराजित भएको यो पहिलो पटक हो। यसअघि कुनै पनि आयोजक राष्ट्रले उद्घाटन खेलमा हार भोग्नु परेको थिएन।

आइतबार राति भएको विश्वकपको पहिलो खेलमा कतार इक्वेडरसँग २–० ले पराजित हुँदा कतारको नाममा खराब रेकर्ड दर्ज भयो। खेलमा कतारले १६ औँ मिनेटमानै भ्यालेन्सियाको पेनाल्टी गोलमार्फत अग्रता बनाएको थियो।

इक्वेडरले ३१ औँ मिनेटमा अग्रता दोब्बर बनायो। दोस्रो गोल पनि भ्यालेन्सियालेनै सम्भव बनाए। उनले आकर्षक हेडमार्फत गोल गरेका थिए। कतारले भने सीमित अवसरमा गोल गर्न सकेन्।

दुई गोल गरेका भ्यालेन्सिया पुरै समय मैदानमा भने रहन सकेनन्। घुँडामा चोट बोक्न पुगेपछि उनलाई सब्सटिच्युट गरिएको थियो।

घरेलु मैदानमा घरेलु दर्शककै अभाव
विश्वकपको उद्घाटन खेलमा घरेलु मैदानमा घरेलु दर्शकै अभाव देखिएको छ। विश्वकप इतिहासमा कतारमात्र यस्तो देश बनेको छ।

जसको आफ्नै खेल हुँदा पनि रङ्गशालाको प्यारापिट खालि रहन पुगेको छ। इक्वेडर समर्थकलाई बिर्सने हो भने आधाभन्दा बढी रङ्गशाला खालि देखिने छ।

Tags :
प्रतिक्रिया दिनुहोस