रवीन्द्रसँगकाे जम्काभेटपछि प्रकाशमानले भने : ५ वर्षपछि फेरि भेटौँला « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रवीन्द्रसँगकाे जम्काभेटपछि प्रकाशमानले भने : ५ वर्षपछि फेरि भेटौँला


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । काठमाडौँमा सबैभन्दा पेचिलो प्रतिस्पर्धा रहेको निर्वाचन क्षेत्र मानिएको छ क्षेत्र नम्बर १ । यहाँका मुख्य दुई प्रतिस्पर्धी प्रकाशमान सिंह र रवीन्द्र मिश्रको आज मतदान केन्द्रमा जम्काभेट भयो ।

काँग्रेस उम्मेदवार सिंह र राप्रपाका उम्मेदवार मिश्र मतदानको अवलोकनका लागि रत्नराज्य महादेवस्थान केन्द्र पुगेका बेला भेट भएका हुन् । त्यस क्रममा उनीहरूबिच सामान्य घोचपेच पनि चल्यो ।

आआफ्ना समर्थकहरूसहित दुवै नेता मतदान केन्द्र पुगेका थिए । सिंहलाई देखेपछि मिश्रले नमस्ते गर्दै बोलाएका थिए । त्यसपछि उनीहरूबिच छोटो संवाद भएको हो । सिंहले भने, ‘मनोनयन दर्तामा भेट भएको थियो, आज पनि भयो । अब ५ वर्षपछि फेरि भेटौँला ।’

उनको कटाक्षमा मिश्रले जवाफ फर्काए, ‘अर्को पटक उम्मेदवारका रूपमा हाम्रो भेट नहोला । किनकि तपाईँलाई विश्राम चाहिएको छ । काठमाडौँ १ का मतदातालाई अब म चाहिएको छ ।’

मिश्रको जवाफमा सिंह हाँसे मात्र । भेटमा दुवै नेता सौहार्दपूर्णरुपमा प्रस्तुत भएको प्रत्यक्षदर्शी मिश्रनिकट नेता शरदराज पाठकले बताए । उनले भेटघाटको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस