करिश्माले भोट हालेपछि भनिन्: यो पटक रेखा थापाले जित्नुपर्छ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

करिश्माले भोट हालेपछि भनिन्: यो पटक रेखा थापाले जित्नुपर्छ


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले जारी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गरेकी छिन्। उनले काठमाडौँको महाराजगन्जस्थित ३ नम्बर वडाबाट मतदान गरेकी हुन्।

श्रीमान् विनोद मानन्धरसँगै मतदान स्थल पुगेकी करिश्माले मतदानपछि यस पटक रेखा थापाले जित्नुपर्ने बताइन्। उनले राजनीतिमा कलाकार आउनु आवश्यक रहेको बताइन्।

अर्को चुनावमा आफू पनि उम्मेदवार बन्ने सुनाउँदै करिश्माले भनिन्, ‘कलाकार राजनीतिमा आउने लहर आएको छ। रेखा थापालगायत अन्य उम्मेदवारले यसपालि जित्नुपर्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस