दाङमा रोकिएको मतदान पुनः सुरु हुँदै « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

दाङमा रोकिएको मतदान पुनः सुरु हुँदै


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । दाङको तुलसीपुरमा रहेको एक मतदान केन्द्रमा रोकिएको मतदान सुरु हुने भएको छ । भोट हालेर गएकाहरूलाई फेरि बोलाएर मतदान सुरु गरिने भएको हो।

आज (आइतबार) बिहान कर्मचारीको गल्तीका कारण क्षेत्र नम्बर ३ मा पर्ने तुलसीपुर-१० को मावि पातुबनगाउँ केन्द्रको मतदानस्थल ‘ग’मा मतदान स्थगित भएको थियो ।

दोस्रो पटक सय वटाको बन्डल पठाउँदा सबै प्रदेश सभाको मतपत्र पठाइएको थाहा भएपछि मतदान स्थगन गरिएको थियो । ४२ जनाले मत खसालिसकेपछि मात्र थाहा भएको थियो ।

मतदान केन्द्रकी मतदान अधिकृत पुष्पलता घर्तीले अब भोट हालेर गएकालाई फेरि बोलाएर १ बजेदेखि सुरु गरिने जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस